ओलीको राजीनामा माग्ने काँग्रेसको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने

नौलो समाचार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित ५५९ पटक पढिएको
ओलीको राजीनामा माग्ने काँग्रेसको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने

चैत २०, काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अब पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको लोकान्तरलाई बताए । उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बैठकले निर्णय गरेको छ । नयाँ सरकार गठनका लागि अग्रसरता लिने पनि बैठकले निर्णय गरेको छ ।’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्चले उल्ट्याइ दिएपछि उनीमाथि राजीनामा दिन नैतिक दवाव पर्दै आएको छ । तर, उनले राजीनामा नदिने बरु संसदको फेस गर्ने बताउँदै आएका छन् ।

यस्तै सर्वोच्चले फागुन २३ मा नेकपा विघटन गरिदिएपछि नेकपा माओवादी केन्द्रले ओलीको विकल्प खोज्नुपर्ने भन्दै काँग्रेस र जसपासँग सत्ता सहकार्यको प्रस्ताव गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस