बैशाख २, काभ्रे । काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकाका १ जना, पाँचखालमा १ र रोशी गाउँपालिकामा १ जना रहेका छन् ।
योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २६ रहेको छ । जसमा १५ जना महिला र ११ जना पुरुष रहेका छन् ।
यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय १८ पुगेको कार्यालयको जनाएको छ ।
१३७ जनाले लगाए खोप
काभ्रेमा आज कोरोना भाइरस विरुद्धको तेस्रो चरणको खोप अन्तरगत आज १ सय ३७ जनाले खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार तेस्रो चरणको खोप अभियानमा आज खोप लगाउने मध्ये १ जना चिनिया नागरिक, १२ जना हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी वा सहयोगी, ३५ जना शिक्षक र प्राध्यापक रहेका छन् ।
आजै ४० देखि ५९ वर्ष उमेर समुहका ४० जना नागरिकले पनि कोरोना बिरुद्धको खोप लागेका छन् ।
यसैगरी खोप लगाउनेमा यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी २१ जना र २८ जना अन्यलाइ कोरोना विरुद्धको खोप लगाइएको हो ।
कोरोना भाइरस विरुद्धको अभियान अन्तरगत पहिलो चरणमा ६ हजार ७ सय ९९ जना, दोस्रो चरणमा १७ हजार १ सय ६१ जनालाइ कोरोना विरुद्धको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।
थप विवरण हेर्नुहोस:-
प्रतिक्रिया दिनुहोस