काभ्रेमा आज पनि थपिए ३ नयाँ संक्रमित, ३ सय ७१ जनाले लगाए खोप

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित ५२४ पटक पढिएको
काभ्रेमा आज पनि थपिए ३ नयाँ संक्रमित, ३ सय ७१ जनाले लगाए खोप

बैशाख ३, काभ्रे । काभ्रेमा आज शुक्रबार पनि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकाका १ जना, पाँचखालमा १ र मण्डन देउपुर नगरपालिकाका १ जना गरि ३ जना रहेका छन् ।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २८ रहेको छ । जसमा १६ जना महिला र १२ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय २१ पुगेको कार्यालयको जनाएको छ ।

यस्तै आज उपचार पछी निको भइ एक जना डिस्चार्ज भएका छन् ।

३७१ जनाले लगाए खोप

काभ्रेमा आज कोरोना भाइरस विरुद्धको तेस्रो चरणको खोप अन्तरगत आज ३ सय ७१ जनाले खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार तेस्रो चरणको खोप अभियानमा आज खोप लगाउने मध्ये ८८ जना हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी वा सहयोगी, १२७ जना शिक्षक र प्राध्यापक रहेका छन् ।

आजै ४० देखि ५९ वर्ष उमेर समुहका ७४ जना नागरिकले पनि कोरोना बिरुद्धको खोप लागेका छन् ।

यसैगरी खोप लगाउनेमा यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी ४८ जना र ३४ जना अन्यलाइ कोरोना विरुद्धको खोप लगाइएको हो ।

कोरोना भाइरस विरुद्धको अभियान अन्तरगत पहिलो चरणमा ६ हजार ७ सय ९९ जना, दोस्रो चरणमा १७ हजार १ सय ६१ जनालाइ कोरोना विरुद्धको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस