काभ्रेमा आज थपिए ९ जना नयाँ संक्रमित, ६ जना डिस्चार्ज

६१ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ बैशाख ६, सोमबार मा प्रकाशित १२७८ पटक पढिएको
काभ्रेमा आज थपिए ९ जना नयाँ संक्रमित, ६ जना डिस्चार्ज

बैशाख ६, काभ्रे । काभ्रेमा आज (सोमबार) थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकाका ३ जना, बनेपामा २ जना, पनौतीमा १, नमोबुद्धमा  १, मण्डनदेउपुर नगरपालिकाका १ र चौरिदेउराली गाउँपालिकामा जना गरि ९ जना रहेका छन् ।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ३२ रहेको छ । जसमा १७ जना महिला र १५ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ३१ पुगेको कार्यालयको जनाएको छ ।

यस्तै आज उपचार पछी निको भइ ६ जना डिस्चार्ज भएका छन् ।

६१ जनाले लगाए खोप

काभ्रेमा आज कोरोना भाइरस विरुद्धको तेस्रो चरणको खोप अन्तरगत आज ६१ जनाले खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। नरेन्द्रकुमार झाका अनुसार खोप लगाउनेमा यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाइ कोरोना विरुद्धको खोप लगाइएको हो ।

कोरोना भाइरस विरुद्धको अभियान अन्तरगत पहिलो चरणमा ६ हजार ७ सय ९९ जना, दोस्रो चरणमा १७ हजार १ सय ६१ जनालाइ कोरोना विरुद्धको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस