काभ्रेमा आजदेखी कारोना भाईरस बिरुद्धको दोस्रो डोज खोप लगाईदै

नौलो समाचार संवाददाता
२०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ६३१ पटक पढिएको
काभ्रेमा आजदेखी कारोना भाईरस बिरुद्धको दोस्रो डोज खोप लगाईदै

बैशाख ७, काभ्रे। काभ्रेमा आज देखी कारोना भाईरस बिरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ । गत माघ १४ गते देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, कारागारका कैदीबन्दी, बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई दोस्रो डोजको खोप कार्यक्रममा सहभागी हुन जिल्ला स्वास्थ्य  कार्यालय काभ्रेले आग्रह गरेको छ।

पहिलो डोज जुन खोप केन्द्रमा लगाईएको हो अहिले दोस्रो डोज पनि सोहि केन्द्रमा लगाउन स्वास्थ्य कार्यालय काभ्रेले अनुरोध गरेको छ। खोप लगाउन जादा पहिलेको खोप कार्ड साथमा लैजान र अनिवार्य माक्स लगाउनु पर्ने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

खोप लागाउन धुलिखेल अस्पताल, मेथिनकोट अस्ताल र समाज कल्याण प्रावि पाँचखालमा गरि ३ ओटा खोप केन्द्र तोकीएको छ। आज ७ गतेदेखि वैशाख ११ गतेसम्म दोस्रो डोजको खोप कार्यक्रम जारी रहने स्वास्थ्य  कार्यालयले जानकारी दिएको छ।

खोप अभियानको पहिलो चरणमा काभ्रे जिल्लामा ६ हजार ७ सय ९९ जनाले पहिलो डोज खोप लागाएका थिए ।

हेर्नुस् खोप तालिका:-


प्रतिक्रिया दिनुहोस