काभ्रेमा आज थप ६ जनामा कोरोना संक्रमित पुष्टि

सक्रिय कोरोना संक्रमितको संख्या ३७
नौलो समाचार संवाददाता
२०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ८९५ पटक पढिएको
काभ्रेमा आज थप ६ जनामा कोरोना संक्रमित पुष्टि

बैशाख ७, काभ्रे । काभ्रेमा आज (मंगलबार) थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण  हुनेमा सबै भन्दा धेरै धुलिखेल नगरपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकाका ४ जना, बनेपामा १ जना र मण्डनदेउपुर नगरपालिकाका १ जना गरि ६ जना रहेका छन् ।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ३७ रहेको छ । जसमा १९ जना महिला र १८ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ३७ पुगेको कार्यालयको जनाएको छ ।

यस्तै आज उपचार पछी निको भइ १ जना डिस्चार्ज भएका छन् ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस