कारोना बिरुद्धको दोस्रो डोज खोप: काभ्रेमा आज ९८० जनाले लगाए

नौलो समाचार संवाददाता
२०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ४३४ पटक पढिएको
कारोना बिरुद्धको दोस्रो डोज खोप: काभ्रेमा आज ९८० जनाले लगाए

बैशाख ७, काभ्रे। काभ्रेमा आज देखी कारोना भाईरस बिरुद्धको दोस्रो डोजको खोप लगाउन सुरु गरिएको छ । जस अन्तर्गत आज (मंगलबार) पहिलो दिन ९ सय ९० जनाले दोस्रो डोजको खोप लागेका छन् ।

गत माघ १४ गते देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, कारागारका कैदीबन्दी, बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई दोस्रो डोजको खोप लगाउन सुरु गरिएको हो।

आज धुलिखेल अस्पतालमा सबै भन्दा धेरै ८ सय जनाले दोस्रो डोजको खोप लागेका छन् । यसैगरि समाज कल्याण प्रा.वि, पाँचखालमा ११० जना तथा मेथिनकोट अस्पतालमा ७० जनाले खोप लगाएका छन् ।

पहिलो डोजको खोप लगाईएको केन्द्रमा नै दोस्रो डोजको खोप लगाउन स्वास्थ्य कार्यालय काभ्रेले अनुरोध गरेको छ। खोप लगाउन जादा पहिलेको खोप कार्ड साथमा लैजान र अनिवार्य माक्स लगाउनु पर्ने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

वैशाख ११ गतेसम्म दोस्रो डोजको खोप कार्यक्रम जारी रहने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

आजको खोप बिवरण:-


प्रतिक्रिया दिनुहोस