नेपालगञ्जमा आज मध्यरातबाट लकडाउनको घोषणा

नौलो समाचार संवाददाता
२०७८ बैशाख ८, बुधबार मा प्रकाशित ८३४ पटक पढिएको
नेपालगञ्जमा आज मध्यरातबाट लकडाउनको घोषणा

बैशाख ८, बाँके। बाँकेको नेपालगञ्जमा आज (बुधबार) मध्यरातबाट लागू हुने गरी लकडाउन घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्ज उपमहानगर क्षेत्रभर बुधबार मध्यरातिदेखि बैशाख १५ गतेसम्म लकडाउन हुने जानकारी दिनुभयो ।

उहाँले बुधबार बिहानसम्म सक्रिय संक्रमितको संख्या ७३५ पुगेसँगै अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गरिएको बताउनुभयो ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएको उहाँको भनाइ छ ।

लकडाउनको समयमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै लकडाउन अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, दूरसञ्चार, खानेपानी, फोहाेरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, तरकारी, खाद्यान्न तथा दुग्धपदार्थ, औषधिपसल, एटिएमजस्ता अत्यावश्यक सेवाहरू खुल्ला रहने प्रमुख जिल्ला अधिकारी गेलालद्वारा जारी सूचनामा उल्लेख छ । तर, खाद्यान्न तथा दुग्धपदार्थ र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

सूचनाको बर्खिलाप गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशाासन कार्यालय बाँकेको सूचना :-


प्रतिक्रिया दिनुहोस