काभ्रेमा बढ्दै कोरोना संक्रमित, आज ११ जना थपिए

नौलो समाचार संवाददाता
२०७८ बैशाख ८, बुधबार मा प्रकाशित ८९१ पटक पढिएको
काभ्रेमा बढ्दै कोरोना संक्रमित, आज ११ जना थपिए

बैशाख ८, काभ्रे । काभ्रेमा आज (बुधबार) थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै पनौती नगरपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित पनौती नगरपालिकामा ५ जना, धुलिखेल नगरपालिकाका ४ जना, पाँचखाल नगरपालिकामा १ जना र भुम्लु गाउँपालिकामा १ जना गरि ११ जना रहेका छन् ।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ४८ रहेको छ । जसमा २३ जना महिला र २५ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ४८ पुगेको कार्यालयको जनाएको छ ।

थप विवरण हेर्नुहोस :-


प्रतिक्रिया दिनुहोस