कोरोना संक्रमण दर बढ्यो, आदेश पालना नगरे कारबाही गर्छौं: स्वास्थ्य मन्त्रालय

नौलो समाचार संवाददाता
२०७८ बैशाख ८, बुधबार मा प्रकाशित ६४९ पटक पढिएको
कोरोना संक्रमण दर बढ्यो, आदेश पालना नगरे कारबाही गर्छौं: स्वास्थ्य मन्त्रालय

बैशाख ८, काठमाडौं। सरकारले जारी गरेको आदेश पालना नगर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको दर न्यूनीकरणको लागि जारी गरिएको आदेश पालना नगर्नेलाई कारबाही गर्न अपिल गरेको हो।

यस्तै, सरकारको आदेश पालन नगरि गरिएको गतिविधिका कारण कोरोना संक्रमण फैलिए सम्बन्धित संघ-संस्थाले उपचार गर्नुपर्ने मन्त्रालयले चेतावनी दिएको छ।

‘सरकारले जारी गरेको आदेश उल्लघंन गरी भएका गतिविधिहरुका कारण कोरोना संक्रमण भएमा संक्रमितको परीक्षण, उपचार सम्बन्धित संघ-संस्था वा निकाय आफैले खर्चमा व्यहोर्नुपर्नेछ,’ मन्त्रालयलले भनेको छ।

दैनिक रुपमा एक सयभन्दा कम रहेको संक्रमण दर पछिल्ला दिनहरुमा तीव्ररुपमा बढेर हाल दुई हजारबाट गुणत्मक रुपमा उकालो लागेको मन्त्रालयले जनाएको छ । यस्तै, संक्रमण भएर जोखिमपूर्ण स्वास्थ्य अवस्था लिएर अस्पताल पुग्ने तथा मृत्यु हुनेहरुको संख्या डरलाग्दो तरिकाले बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति :-


प्रतिक्रिया दिनुहोस