काभ्रेली पत्रकारहरुले लागाए कोरोना विरुद्धको दोस्रो डोज खोप

नौलो समाचार संवाददाता
२०७८ बैशाख ९, बिहिबार मा प्रकाशित ८६६ पटक पढिएको
काभ्रेली पत्रकारहरुले लागाए कोरोना विरुद्धको दोस्रो डोज खोप

बैशख ९, काभै । काभ्रेली संचारकर्मीहरुले कोरोना विरुद्धको दोस्रो मात्रा (डोज) खोप लागाएका छन् । पहिलो डोज खोप लागाएका संचारकर्मीहरुले आज (विहिबार) धुलिखेल अस्पताल खोप केन्द्रमा ‘कोभिशिल्ड’ को दोस्रो डोज खोप लागाएका हुन् ।

गत माघ १४ गते देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, कारागारका कैदीबन्दी, बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई यहि बैशाख ७ गतेदेखि दोस्रो डोजको खोप लगाउन सुरु गरिएको हो ।

दोस्रो डोजको खोप कार्यक्रम यहि बैशाख ११ गतेसम्म जारी रहने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिनुभएको छ ।

कोरोना विरुद्धको पहिलो चरण र आज दोस्रो डोजको खोप लगाउन छुटेका संचारकर्मीहरुलाई केहि दिनमा स्वास्थ्य कार्यालयसंग समन्वय गरि खोप लगाउने व्यवस्था गरिने नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले बताउनु भएको छ।

उत्साहजनक सहभागिताका लागि सम्पूर्ण अग्रज पत्रकार, समकक्षी एवं समस्त पत्रकार साथीहरुप्रती अध्यक्ष तिमल्सिनाले आभार प्रकट गर्नुभएको छ । यसैगरी ब्यवास्थापकीय समन्वयमा धुलिखेल अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय काभ्रे तथा कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाप्रति पनि विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।

काभ्रेमा बुधबारसम्म खोपको दोस्रो मात्रा लागाउनेको संख्या २ हजार १७३ रहेको छ ।

खोप केन्द्रका केहि तस्विरहरुमा संचारकर्मीहरु :-


प्रतिक्रिया दिनुहोस