बैशाख ९, काभ्रे । काभ्रेमा आज (बिहिबार) थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै धुलिखेल र बनेपा नगरपालिकाका रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकामा ६ जना, बनेपामा ६ जना, पनौतीमा ५, नमोबुद्ध नगरपालिकामा १ र तेमाल गाउँपालिकामा १ जना गरि जम्मा १९ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।
योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ६४ रहेको छ । जसमा ३२ जना महिला र ३२ जना पुरुष रहेका छन् ।
यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ६७ पुगेको कार्यालयको जनाएको छ ।
११७१ जनाले लगाए खोप
काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या १ हजार १७१ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज धुलिखेल अस्पतालमा ६९९ जना, मेथिनकोट अस्पताल नमोबुद्धमा १९२ र समाज कल्याण प्रावि पाँचखालमा २८० जना गरि जम्मा १ हजार १७१ जनाले खोप लगाएका हुन् ।
थप विवरण हेर्नुहोस:-
प्रतिक्रिया दिनुहोस