आज देशभर २ हजार ४२८ जनामा कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७८ बैशाख ९, बिहिबार मा प्रकाशित ६८१ पटक पढिएको
आज देशभर २ हजार ४२८ जनामा कोरोना संक्रमण

बैशाख ९, काठमाडौं। पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा गरिएको १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा हालसम्म गरिएको २३ लाख ७९ हजार ४०२ जनाको पिसिआर परीक्षणमा २ लाख ९२ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २५२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरि, ८१ जना क्वारेन्टाइनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस