काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्दै, आज थपिए २३ जना

आज १५१९ जनाले लगाए खोप 
नौलो समाचार संवाददाता
२०७८ बैशाख १०, शुक्रबार मा प्रकाशित ५५२ पटक पढिएको
काभ्रेमा कोरोना संक्रमितको संख्या बढ्दै, आज थपिए २३ जना

बैशाख १०, काभ्रे । काभ्रेमा आज (शुक्रबार) थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै धुलिखेल नगरपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकामा ६ जना, बनेपामा ४  जना, पाँचखाल नगरपालिकामा ४, पनौतीमा २, नमोबुद्ध नगरपालिकामा २, मण्डनदेउपुर नगरपालिकामा २, रोशी गाउँपालिकामा २  र चौरिदेउराली गाउँपालिकामा १  जना गरि जम्मा २३ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ८२ रहेको छ । जसमा ३९ जना महिला र ४३ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ९० पुगेको कार्यालयको जनाएको छ ।

यसैगरी उपचार गरि निको भइ ५ जना डिस्चार्ज भएका छन् ।

१५१९ जनाले लगाए खोप 

काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या १ हजार ५१९ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज धुलिखेल अस्पतालमा ११०० जना, मेथिनकोट अस्पताल नमोबुद्धमा १४९ र समाज कल्याण प्रावि पाँचखालमा २७० जना गरि जम्मा १ हजार ५१९ जनाले खोप लगाएका हुन् ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस