नेपालमा एकै दिन १४ कोरोना संक्रमितको मृत्यु, २ हजार ६१८ जनालाई संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ बैशाख ११, शनिबार मा प्रकाशित ७१७ पटक पढिएको
नेपालमा एकै दिन १४ कोरोना संक्रमितको मृत्यु, २ हजार ६१८ जनालाई संक्रमण पुष्टि

बैशाख ११, काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १३६ पुगेको छ।

आज देशभर दुई हजार ६१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६६८ जनाको पिसिआर परीक्षणमा २ हजार ६१८ जनालाई संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ।

आज देशभर ३६८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार १२३ संक्रमित निको भइसकेका छन्।

देशभर ७१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस