बैशाख ११ काभ्रे । काभ्रेमा आज (शनिबार) कोरोना संक्रमण शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार कोरोना परिक्षणका लागि पठाईएका स्वाबको रिपोर्ट प्राप्त नभएकोले आजको कोरोना संक्रमितको तथ्यांक शुन्य रहेको बताउनु भयो।
आज उपचार पश्चात निको भइ घर फर्कनेको संख्या भने ३ जना रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ७९ रहेको छ । जसमा ३७ जना महिला र ४२ जना पुरुष रहेका छन् ।
काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ९० पुगेको कार्यालयको जनाएको छ ।
६३८ ले लगाए खोप
काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या ६३८ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज धुलिखेल अस्पतालमा ४०० जना, मेथिनकोट अस्पताल नमोबुद्धमा ६६ र समाज कल्याण प्रावि पाँचखालमा १७२ जना गरि जम्मा १ हजार ५१९ जनाले खोप लगाएका हुन् ।
प्रतिक्रिया दिनुहोस