प्रहरीद्वारा उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ

नौलो समाचार संवाददाता
२०७८ बैशाख १२, आईतबार मा प्रकाशित ५४४ पटक पढिएको
प्रहरीद्वारा उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ

बैैैैशाख १२, काठमाडौं। उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको हो।

विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरी प्रहरीले तामाङलाई अनामनगरस्थित कार्यालयबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले तामाङलाई अनलाइनको कार्यालय बाहिरबाट पक्राउ गरेको बताए।

उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

तामाङलाई पक्राउ गर्दा पत्रकारहरूले नाराबाजी गरेका थिए।

यसअघि पाटन उच्च अदालत समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ नगर्न प्रहरीका नाममा आदेश दिएको थियो।

source: setopati.com

प्रतिक्रिया दिनुहोस