सक्रिय संक्रमितको संख्या २०० पुगे लकडाउन गर्ने अधिकार सीडीओलाई

सबै तहको परीक्षाहरु स्थगन गर्न सिफारिस
नौलो समाचार संवाददाता
२०७८ बैशाख १२, आईतबार मा प्रकाशित ९६२ पटक पढिएको
सक्रिय संक्रमितको संख्या २०० पुगे लकडाउन गर्ने अधिकार सीडीओलाई

बैशाख १२, काठमाडौं। प्रमुख शहरहरुमा कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिन मन्त्रिपरिषद्‌मा सिफारिस गरिएको छ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले प्रमुख शहरहरुमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको हो।

यस्तै, पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २०० पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गर्न सीसीएमसीले मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको छ।

सबै तहको परीक्षाहरु स्थगन गर्न सिफारिस

काेराेना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थगन गर्न सिफारिस गरेकाे छ। आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगन गर्न सरकारलाइ सिफारिस गरेको हाे।

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गरिएको बैठक स्रोतले जानकारी दिएको छ।

त्यस्तै, मुख्य सहरमा पाँच सय र ग्रामिण इलाकामा दुई सय सक्रिय संक्रमित नाघेपछि निषेधाज्ञा गर्ने अधिकार सीडीओलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस