मालपोत कार्यालय काभ्रेले हप्तामा २ दिनमात्र सेवा दिने, कुन नगरपालिकाको पालो कहिले?

नौलो समाचार संवाददाता
२०७८ बैशाख १३, सोमबार मा प्रकाशित १२५२ पटक पढिएको
मालपोत कार्यालय काभ्रेले हप्तामा २ दिनमात्र सेवा दिने, कुन नगरपालिकाको पालो कहिले?

बैशाख १३, काभ्रे । काभ्रे जिल्ला मालपोत कार्यालयले एउटा नगरपालिकाका नागरिकलाई हप्तामा २ दिनमात्र सेवा दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) नेपालमा पनि तिब्र रुपमा फैलिरहेको अवस्थामा भिडभाड हुने सरकारी कार्यालयमा संक्रमणको जोखिम बढी हुने भएकाले जिल्लाका ६ वटा नगरपालिकाका नागरिकलाई हप्तामा २ दिन तालिका बनाएर सेवा प्रवाह गर्ने भएको हो ।

मालपोत कार्यालयले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को समन्वयमा यहि बैशाख १५ गतेबाट स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह हुने तालिका सार्वजनिक गरेको हो । गाउँपालिकाहरुको हकमा भने हरेक दिन सेवा प्रवाह गरिने मालपोत कार्यालयले जानकारी दिएको छ ।

मालपेत कार्यालयका अधिकृत टंकप्रसाद चौलागाईद्धारा हस्ताक्षरित सूचनामा आईतबार र बुधबार बनेपा नगरपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकहरुलाई सेवा प्रदान गरिने जनाईएको छ । यस्तै सोमबार र विहिबार पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिकाका नागरकलाई सेवा प्रवाह गरिने छ भने मंगलबार र शुक्रबार धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाका नागरिकहरुलाई सेवा प्रदान गरिने तालिका सार्वजनिक गरिएको छ ।

तालिका यस प्रकार छ:-

प्रतिक्रिया दिनुहोस