काभ्रेमा आज थपिए ३४ जना कोरोना संक्रमित, सबै भन्दा धेरै बनेपा र पनौतीमा

२४१ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ बैशाख १३, सोमबार मा प्रकाशित १२४६ पटक पढिएको
काभ्रेमा आज थपिए ३४ जना कोरोना संक्रमित, सबै भन्दा धेरै बनेपा र पनौतीमा

बैशाख १३, काभ्रे । काभ्रेमा आज (सोमबार) थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित बनेपा नगरपालिकामा १५ जना, पनौतीमा ७ जना, धुलिखेल नगरपालिकामा ४, मण्डनदेउपुर नगपालिकामा ३, पाँचखाल नगरपालिकामा २,  नमोबुद्ध नगरपालिकामा १, तेमाल गाउँपालिकामा १ र भुम्लु गाउँपालिकामा १ जना गरी जम्मा ३४ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १३३ रहेको छ । जसमा ६६ जना महिला र ६७ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३५ सय ४६ पुगेको कार्यालयको जनाएको छ ।

२४१ जनाले लगाए खोप

काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या २४१ जना रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज जिल्ला स्वास्थ्य कार्यालयमा २० जना, जिल्ला कारागारमा २२१ जना गरी जामा २४१ जनाले खोप लगाएका हुन् ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस