कोरोना संक्रमित थप १२ जनाको मृत्यु, ३४ सय ४२ मा संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ बैशाख १३, सोमबार मा प्रकाशित ३८४ पटक पढिएको
कोरोना संक्रमित थप १२ जनाको मृत्यु, ३४ सय ४२ मा संक्रमण पुष्टि

बैशाख १३, काठमाडौँ । पछिल्लो २४ घन्टामा ३४ सय ४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ जना संक्रमितको मृत्यु भएको छ भने तीन सय ७८ जना निको भएका छन् ।

योसहित देशभर कोरोना संक्रमितको संख्या तीन लाख तीन हजार पाँच सय ११ पुगेको छ । दुई लाख ७७ हजार नौ सय ५१ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुने संक्रमितको संख्या तीन हजार एक सय ७६ पुगेको छ ।

अहिले २२ हजार चार सय ३४ जना आइसोलेसनमा र ६५ जना क्वारिन्टनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस