जिल्ला प्रशासन काभ्रेले हप्तामा ३ दिनमात्र सेवा दिने

नौलो समाचार संवाददाता
२०७८ बैशाख १३, सोमबार मा प्रकाशित ७६० पटक पढिएको
जिल्ला प्रशासन काभ्रेले हप्तामा ३ दिनमात्र सेवा दिने

बैशाख १३, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले एउटा नगरपालिकाका नागरिकलाई हप्तामा ३ दिनमात्र सेवा दिने भएको छ ।

यहि १४ गते मंगलबारदेखि एउटा नगरपालिकाका नागरिकलाई हप्तामा ३ दिनमात्र सेवा दिने सूचना मार्फत जानकारी गरेको छ ।

कोरोना महामारी बढिरहेकाले भिडभाड हुने सरकारी कार्यालयमा संक्रमणको जोखिम बढी हुने भएकाले जिल्लाका ६ वटा नगरपालिकाका नागरिकलाई हप्तामा ३ दिन तालिका बनाएर सेवा प्रवाह गर्ने भएको हो ।

आइतबार, मंगलबार र विहिबार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका नागरिकहरुलाई सेवा प्रदान गरिने भएको छ । यस्तै बनेपा, नमोबुद्ध र मण्डन देउपुर नगरपालिकाका नागरिकहरुलाई सोमबार, बुधबार र शुक्रबार सेवा दिने तालिका सार्वजनिक गरिएको हो ।

गाउँपालिकाहरुको हकमा भने हरेक दिन सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जानकारी दिनुभयो । मंगलबारदेखि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह हुने तालिका सार्वजनिक गरिएको हो ।

हेर्नुहोस सूचना :- 


प्रतिक्रिया दिनुहोस