पनौती नगर क्षेत्रका शैक्षिक संस्थाहरु अनिश्चितकालका लागी बन्द

बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग गर्न अनुरोध
नौलो समाचार संवाददाता
२०७८ बैशाख १३, सोमबार मा प्रकाशित ९६५ पटक पढिएको
पनौती नगर क्षेत्रका शैक्षिक संस्थाहरु अनिश्चितकालका लागी बन्द

बैशाख १३, काभ्रे । जिल्लाको पनौती नगरपालिका क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरु मंगलबारबाट बन्द गरिने बहेको छ। कोरोना महामारी बढिरहेकाले शैक्षिक संस्थाहरुमा भिडभाड हुने भएकाले सामुदायिक तथा संस्थागत विद्यालय र क्याम्पसहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द गराउन पनौती नगरपालिका कार्यालयले भनेको छ ।

काभ्रेमा पनि दिन-प्रतिदिन संक्रमितको संख्या बढेसंगै बनेपा, धुलिखेल र पाँचखाल नगरपालिकाले शैक्षिक संस्थाहरु यस अघि नै बन्द गराइसकेका छन् ।

विपद ब्यवस्थापन समितिको सिफारिसमा पनौती नगरपालिकाले नागरिकहरुलाई बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेको छ। सभा सम्मेलन गोष्टीको आयोजना नगर्न, सार्बजनिक यातायातका साधनमा निर्धारित स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरेको छ।

यसैगरी बजार पसल पनि स्वास्थ्य मापदण्ड पालना गरी बेलुकी ८ बजेसम्म मात्र खोल्न भनिएको छ। आफ्नो वरपर तथा छिमेकमा संक्रमित फेला परे तुरुन्त सम्बन्धित निकायमा खबर गर्न पनि पनौती नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ।

मठ-मन्दिर, सभा समारोह, चाडपर्वमा भिडभाड नगर्न  आग्रह गरिएको गरिएको छ।

नगरपालिकाद्वारा जारी सूचना:-


प्रतिक्रिया दिनुहोस