आज देशभर ४ हजार ५२४ जनालाई कोरोना संक्रमण पुष्टि, १८ संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख १४, मंगलबार मा प्रकाशित ५५७ पटक पढिएको
आज देशभर ४ हजार ५२४ जनालाई कोरोना संक्रमण पुष्टि, १८ संक्रमितको मृत्यु

बैशाख १४,  काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ।

आज देशभर ४ हजार ५२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ६७२ जनाको पिसिआर र एक हजार ९ जनाको एन्टीजेन परीक्षणमा चार हजार ५२४ जनालाई संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ७ हजार ९२५ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया २६ हजार २२५ पुगेको छ। देशभर ५८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस