काभ्रेमा आज थपिए २३ जना कोरोना संक्रमित, सबै भन्दा धेरै बनेपामा

५१४ जनाले लगाए खोप 
नौलो समाचार संवाददाता
२०७८ बैशाख १४, मंगलबार मा प्रकाशित ९९४ पटक पढिएको
काभ्रेमा आज थपिए २३ जना कोरोना संक्रमित, सबै भन्दा धेरै बनेपामा

बैशाख १४, काभ्रे । काभ्रेमा आज (मंगलबार) थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित बनेपा नगरपालिकामा ११ जना, धुलिखेल नगरपालिकामा ७, पनौतीमा ३, पाँचखाल नगरपालिकामा २ जान गरी जम्मा २३ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १५१ रहेको छ । जसमा ७७ जना महिला र ७४ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३५ सय ६९ पुगेको कार्यालयको जनाएको छ ।

५१४ जनाले लगाए खोप 

काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या ५१४ जना रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। नरेन्द्रकुमार झाका अनुसार आज जिल्ला स्वास्थ्य कार्यालयमा ३३९ जना र धुलिखेल अस्पतालमा १७५ गरी जम्मा ५१४ जनाल खोप लगाएका हुन् ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस