स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पताललाइ स्वास्थ्य मन्त्रालयको निर्देशन

नौलो समाचार संवाददाता
२०७८ बैशाख १४, मंगलबार मा प्रकाशित ६८४ पटक पढिएको
स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पताललाइ स्वास्थ्य मन्त्रालयको निर्देशन

बैशाख १४, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ।

मन्त्रालयले आज सचिवस्तरीय निणर्य गर्दै कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि लामो बिदा बसेका कर्मचारी तुरुन्त बोलाउन पनि निर्देशन दिएको छ।

मन्त्रालयले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरि सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भएको र थप जनशक्ति आवश्यक भएमा ५ महिनाको लागि करार सेवामा लिन पनि निर्देशन दिएको छ।

अस्पतालको बेड, जनशक्ति र संक्रमित बिरामीको संख्याको आधारमा बहिरङ्ग सेवा, इलेक्टीभ सर्जरी लगायतका सेवा हाललाई स्थगित गर्ने तर आकस्मिक सेवा सुनिश्चित गर्न पनि स्वास्थ्य मन्त्रलायले अस्पतालहरुलाई निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस