कोरोना बढेसंगै प्रहरी चौकी पनौतीद्धारा सचेतना कार्यक्रमसंगै माक्स वितरण सुरु

नौलो समाचार संवाददाता
२०७८ बैशाख १४, मंगलबार मा प्रकाशित ११६७ पटक पढिएको
कोरोना बढेसंगै प्रहरी चौकी पनौतीद्धारा सचेतना कार्यक्रमसंगै माक्स वितरण सुरु

बैशाख १४, काभ्रे। पनौती नगर क्षेत्रमा पनि कोरोना संक्रमण तिब्र रुपमा बढेसंगै प्रहरी चौकी पनौतीले माक्स वितरण तथा जनचेतना मुलक कार्यक्रम सुरु गरेको छ। प्रहरी चौकी पनौतीका ईन्चार्ज सई सन्तोष बानियाँको संयोजनमा आज (मंगलबार) पनौती बसपार्क क्षेत्र तथा सार्वजनिक सवारीमा जनचेतनामुलक कार्यक्रमसंगै माक्स बितरण गरिएको छ ।

सार्वजनिक सवारीमा यात्रा गर्दा मास्क नलगाएका यात्रु, चालक र सहचालकलाई कोरोनाबाट बच्ने तरिकाबारे सचेतनासंगै माक्स वितरण गर्ने कार्य गरिएको सई सन्तोष बानियाँले बताउनुभयो । चालक तथा सह-चालकलाई ‘बसमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, माक्स लगाएर मात्र यात्रुलाइ चढाउन र बसमा अनिवार्य स्यनिटाइजर राख्न अनुरोध गरेको उहाले बताउनुभयो । यो कार्य निरन्तर गरिने उहाको भनाइ छ।

आज पनौती नगरपालिकाकै सबै भन्दा भिडभाड तथा ब्यस्त रहने पनौती बसपार्क क्षेत्रमा तथा बसमा ११८ जनालाइ सम्झाइ-बुझाइ माक्स वितरण गरिएको सई बानियाँले जानकारी दिनुभयो।

प्रहरी चौकी पनौतीले कोरोनाको बारेमा जनचेतना जगाउन सन्देश मुलक माइकिंङ गर्ने गरेको छ। होटल तथा रेस्टुरेन्टलाइ बिहान ८ बजेदेखि बेलुका ८ सम्म मात्र खोल्न भनेको छ। पनौतीका नगरबासीलाई सभा सम्मेलन, बिवाह भोज भतेर नगर्न पनि आग्रह गरेको छ। माक्स लगाउन, सामाजिक दुरी कायम गर्न र साबुन पानीले बेला बेलामा हात धुन प्रहरी चौकी पनौतीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस