पनौतीमा आज बिहानसम्म १७ जनालाई कोरोना संक्रमण पुष्टी

नौलो समाचार संवाददाता
२०७८ बैशाख १५, बुधबार मा प्रकाशित ८४० पटक पढिएको
पनौतीमा आज बिहानसम्म १७ जनालाई कोरोना संक्रमण पुष्टी

बैशाख १५, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको पनौतीमा क्षेत्रमा आज (वुधबार) १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

पनौती एकजनामा कोरोना संक्रमण पुष्टी भएपछी उनीसंग सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङको आधारमा अन्य १७ जनालाई पनि कोरोना पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो।

संक्रमित पनौती खोपासीमा एक विहे भोजमा सहभागी भएको र उनको सम्पर्कमा आएका अन्यको पनि परिक्षण कार्य भैरहेको र संक्रमित अझै बढ्न सक्ने बताइएको छ।

पनौती नगरपालिका स्वस्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार वडा नम्बर १० का १५ जना र वडा नम्बर ८ का २ जना रहेका छन्।

यसैगरी आज बिहानसम्मको तथ्यांक अनुसार बनेपामा ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रमुख डा. झाले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस