बैशाख १५, काभ्रे । पनौतीमा जनप्रतिनिधि सहित १७ जनामा कोरोना संक्रमण पुष्टी भएपछी सतर्कता अपनाउन सम्पूर्ण नगरबासीलाई नगरपालिकाले अनुरोध गरेको छ । पनौती वडा नम्बर १० का केहि जनप्रतिनिधिसहित आज (वुधबार) १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
वडा नम्बर १० का संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको लक्षण तथा चिन्ह सहितका २४ जनाको स्वाब परिक्षण गर्दा १२ जना महिना र ५ जना पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण थप फैलन नदिन संक्रमितहरु अहिले होम आइसोलेशन रहेको र उनीहरुसंग सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङको काम भैरहेको पनौती नगरपालिका स्वस्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो। यसैगरी संक्रमितसंग सम्पर्कमा रहेकाहरुले होम क्वारेन्टाइनमा बसिदिन नगरपालिकाले अनुरोध गरेको छ।
वडा कार्यालय ३ दिन बन्द
संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङको काम नसकिएसम्म आज बैशाख १५ गतेदेखि १७ गतेसम्म वडा नम्बर १० कार्यालय बन्द रहने जानकारी दिईएको छ। यसैगरी सम्पूर्ण वडाबासीहरुमा स्वस्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ। साथै स्वास्थमा कुनै समस्या आएमा स्वस्थ्यकर्मीसंग सम्पर्कमा रहन अनुरोध गरिएको छ।
पनौती नगरपालिकाद्वारा जारी सूचना :-
प्रतिक्रिया दिनुहोस