काठमाडौँ प्रवेश गर्न काभ्रे प्रशासनले सवारी पास नदिने

नौलो समाचार संवाददाता
२०७८ बैशाख १५, बुधबार मा प्रकाशित १३६४ पटक पढिएको
काठमाडौँ प्रवेश गर्न काभ्रे प्रशासनले सवारी पास नदिने

बैशाख १५, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले सवारी पास नदिने भएको छ। काभ्रेबाट काठमाडौं उपत्यका लगाएत निषेध आदेश जारी भएका जिल्लाहरुमा प्रवेश अनुमति नदिईने भएको हो।

गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को पत्र अनुसार महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा न्यूनीकरणका लागि निषेध आदेश जारी भएका जिल्लाहरुमा काभ्रेबाट कुनै पनि सार्वजनिक यात्रुवाहक तथा अन्य सवारी साधनहरुलाई प्रवेश पास नदिइने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्तक्षरित पत्रमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस