काभ्रेमा आज थपिए ५० जना नयाँ संक्रमित, पनौतीमा मात्रै २४ जना

सक्रिय संक्रमितको संख्या २०१
नौलो समाचार संवाददाता
२०७८ बैशाख १५, बुधबार मा प्रकाशित १३२६ पटक पढिएको
काभ्रेमा आज थपिए ५० जना नयाँ संक्रमित, पनौतीमा मात्रै २४ जना

बैशाख १४, काभ्रे । काभ्रेमा आज (वुधबार) थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै पनौती नगरपालिकाका रहेका छन्। आज थपिएका ५० जना मध्ये पनौतीका मात्रै २४ जना रहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमितमा पनौतीमा २४ जना, धुलिखेल ११ जना,  बनेपामा ८ जना, पाँचखालमा २, मण्डनदेउपुरमा २, नामोबुद्धमा १, बेथानचोक गाउँपालिकामा १, खानीखोला गाउँपालिकामा १ जना गरी जम्मा ५० जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २०१ रहेको छ । जसमा १०६ जना महिला र ९५ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३६ सय १९ पुगेको कार्यालयको जनाएको छ ।

थप विवरण हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस