पछिल्लो २४ घण्टा १७ संक्रमितको मृत्यु, नयाँ संक्रमितको संख्या ४ हजार ८९७

नौलो समाचार संवाददाता
२०७८ बैशाख १५, बुधबार मा प्रकाशित १०७३ पटक पढिएको
पछिल्लो २४ घण्टा १७ संक्रमितको मृत्यु, नयाँ संक्रमितको संख्या ४ हजार ८९७

बैशाख १५, काठमाडौं। पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ।

आज देशभर ४ हजार ८९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८७९ जनाको पिसिआर र ९ हजार ५५ जनाको एन्टीजेन परीक्षणमा चार हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १२ हजार ६९९ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३० हजार २०९ पुगेको छ।देशभर ५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस