धुलिखेल अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख १५, बुधबार मा प्रकाशित ६८१ पटक पढिएको
धुलिखेल अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु

बैशाख १५, काभ्रे। काभ्रे धुलिखेल अस्पतालमा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ।

कोरोना संक्रमण पछी उपचार गराइरहेका धुलिखेलका स्थानीय ८२ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनी आज(बुधबार) धुलिखेल अस्पताल भर्ना भएका थिए । निमोनिया र उच्च रक्तचापबाट पिडित उनको उपचारको क्रममा आजै साँझ साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई आकस्मिक कक्षबाट आईसियु कक्षमा सारेर थप उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस