पनौतीको खोपासी कोरोनाले आक्रान्त, १ जनाको मृत्यु, आजै थपिए १२ संक्रमित

१० नम्बर वडा शिल गर्ने तयारी 
नौलो समाचार संवाददाता
२०७८ बैशाख १६, बिहिबार मा प्रकाशित ३५८० पटक पढिएको
पनौतीको खोपासी कोरोनाले आक्रान्त, १ जनाको मृत्यु, आजै थपिए १२ संक्रमित

बैशाख १६, काभ्रे। पनौती नगरपालिका वडा नम्बर १०, खोपासीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ। २ दिनको अन्तरालमा जनप्रतिनिधिसहित २९ जनामा कोरोना संक्रमण पुष्टी भएपछी काभ्रे जिल्लाकै धेरै सक्रमिताको भएको स्थानीय तह हुन पुगेको छ।

आज (विहिबार) थप ६ महिला र ६ पुरुष गरि १२ जनामा संक्रमण पुष्टि भएको छ। यो संगै पनौतीको वडा नम्बर १० मा मात्र २९ जनालाई संक्रमण पुष्टि भएको छ।

पनौती खोपासीमा एक विहे भोजमा सहभागी भएकाहरु र उनीहरुबाट अन्यमा संक्रमण भएको बताइएको छ।

संक्रमितको सम्पर्कमा आएका अन्यको पनि कन्ट्याक ट्रेसिङको आधारमा परिक्षण कार्य भैरहेको र संक्रमित अझै बढ्न सक्ने बताइएको छ।

एक जनाको मृत्यु 

पनौती नगरपालिका वडा नम्बर १०, खोपासीमा एक महिलाको कोरोनाका कारण निधन भएको छ। काभ्रेबाट थप उपचारका लागी काठमाडौँको गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरमा ५२ वर्षीय महिलाको उपचारको क्रममा आज बिहान निधन भएको पनौती नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले जानकारी दिनुभयो। खोपासीमा बैशाख १० गते शुक्रबार आफ्नै परिवारमा भएको विवाहमा निधन भएकी महिला सहभागि भएको उहाले जानकारी दिनुभयो।

१० नम्बर वडा शिल गर्ने तयारी 

पनौती नगरपालिका वडा नम्बर १०, खोपासीमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमण न्यूनीकरण तथा थप संक्रमण अन्यमा नसरोस भन्नका लागि १० नम्बर वडा शिल गर्ने तयारी गरिएको छ। संक्रमितहरु वडा क्षेत्र भित्र आउजाउ गर्ने हुनाले संक्रमण अझै बढ्न सक्ने कुरालाई मध्यनजर गरि तत्काल वडा शिल गर्नुपर्ने आवश्यकता रहेको वडा अध्यक्ष मोहनबहादुर भण्डारीले बताउनु भयो। वडा शिला गर्ने बारे पनौती नगरपालिकाका मेयर भिम न्यौपानेसंग परामर्श भैसकेको अध्यक्ष भण्डारीले बताउनु भयो।

१० नम्बर वडा अध्यक्षको सथानियालाई अनुरोध 

अध्यक्ष मोहनबहादुर भण्डारीले सबै वडा बासीलाई भेटघाटको काम नगर्न, उद्योग धन्दा तुरुन्त बन्द गर्न, विवाह वर्तमान सभा समारोह कुनैपनी कार्यक्रम नगर्न र सरिक नहुन, दूध डेरीमा जमघट नहुन, कतै पनी पाहुना बन्न नजान र पाहुना बोलाउन पनी पूर्ण निषेध गरिएको बताउनु भयो। यसमा चेतना जगाउन प्रहरी प्रशासन राजनीतिक पार्टीका अगुवा कार्यकर्ता समाजका बुद्धिजीवी सबैलाई विशेष अनुरोध पनि गर्नु भएको छ। वडा कार्यालयको निर्देशानलाई वेवास्था गरे प्रचलित कानुन बमोजिम कारवाही हुने पनि चेतावनी पनि दिइएको छ।


प्रतिक्रिया दिनुहोस