काभ्रे साँगा नाकामा कडाइ, काठमाडौंँ छिर्न खोज्ने सवारीको लामो लाइन

नौलो समाचार संवाददाता
२०७८ बैशाख १६, बिहिबार मा प्रकाशित १६९१ पटक पढिएको
काभ्रे साँगा नाकामा कडाइ, काठमाडौंँ छिर्न खोज्ने सवारीको लामो लाइन

बैशाख १६, काभ्रे। कोरोंना भाइरस (कोभिड-१९) तीव्र गतिमा फैलिरहेका अवस्थामा संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ। अरनिको राजमार्ग हुँदै काठमाडौंँ प्रवेश गर्ने नाका काभ्रे र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको  र उपत्यका प्रवेश गर्न नदीएको बताए ।

‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन प्रवेश गर्न दिएका छैनौं।’ उनले भने, ‘हिजो यात्रुहरु लिएर गाउँ गएका गाडीहरु फर्किरहेका चालक र सहचालक भएकालाई मात्रै प्रवेश गर्न दिएका छौँ।’

साँगा भएर बुधबार यात्रु लिई गाउँ गएका सवारी साधन उपत्यका प्रवेश गर्नका लागि साँगा नाकामा पुग्ने गरेका छन्। त्यसरी गएका अन्य सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस