बैशाख १६, काभ्रे। पनौती नगरपालिका वडा नम्बर १०, खोपासीमा कोरोना संक्रमितको संख्या उच्च भएपछि १० नम्बर वडा शिल गरिएको छ।
२ दिनको अन्तरालमा जनप्रतिनिधिसहित २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने र एकजनाको महिलाको कोरोनाकै कारण मृत्यु भएको छ। आज (विहिबार) थप ६ महिला र ६ पुरुष गरि १२ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितको तिब्र बढेपछी वडा नम्बर १० को पुर्व तर्फ विधुत पावर हाउसको पुल, पश्चिममा किटानी फाटकेश्वोर रोशी खोला पुल, उत्तरमा कृषि सेवा संगैको गोगुनाल खोल्सा र दक्षिणमा कपुरपानिडोल चार किल्ला क्षेत्र अर्को सूचना जारी नभएसम्मको लागी शिल गरिएको पनौती नगरपालिका कार्यालयले जनाएको छ।
शिल गरिएको क्षेत्रम सबै वडा बासीलाई भेटघाटको काम नगर्न, उद्योग धन्दा तुरुन्त बन्द गर्न, विवाह वर्तमान सभा समारोह कुनैपनी कार्यक्रम नगर्न र सरिक नहुन, दूध डेरीमा जमघट नहुन, कतै पनी पाहुना बन्न नजान र पाहुना बोलाउन पनी पूर्ण निषेध गरिएको छ।
स्वस्थ्य मापदण्डको पूर्ण पालना गर्न र कोरोनासंग मिल्दोजुल्दो लक्षण कोहि कसैमा देखिएमा अनुसंदहन तथा खोजपडताल टिमको फोन नम्बर ९८५१२२३६६७, ९८४३७८०३०९, र ९८६१२८५९६० मा तुरुन्त सम्पर्क गर्न सम्पूर्ण वाडावासीलाइ अनुरोध गरिएको छ।
अत्यावश्यक पसल खोल्ने समय तालिका
तरकारी, फलफुल, खाद्यान्न, औषधि पसल तथा सार्वजनिक यातायातले समय र नियमको पूर्ण पालना गर्न नगरपालिका तथा वडा कार्यलयले अनुरोध गरेको छ। व्यबसाय संचालन गर्दा व्यबसायी र उपभोक्ता दुबैले अनिवार्य माक्स र स्यनिटाईजारको प्रयोग गरी सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ।
शिल गरिएको क्षेत्र भित्र तरकारी, फलफुल, खाद्यान्न पसल तथा दुग्ध संकलन केन्द्र बिहान ७ बजेदेखी ९ बजेसम्म मात्र खुल्ला रहने छ। स्वस्थ्य मापदण्डको पालना गर्दै औषधि पसल भने सधै खुल्ला रहने छ।
यसैगरी शिल गरिएको क्षेत्रमा सार्वजनिक यातायातका साधन रोक्ने र यात्रु चढाउने कार्य गर्न पूर्ण निषेध गरिएको छ।
पनौती नगरपालिकाद्वारा जारि सूचना
प्रतिक्रिया दिनुहोस