काभ्रेमा आज थपिए ४५ जना नयाँ संक्रमित, सबैभन्दा धेरै पनौती र बनेपामा

सक्रिय संक्रमितको संख्या २४२
नौलो समाचार संवाददाता
२०७८ बैशाख १६, बिहिबार मा प्रकाशित १०४७ पटक पढिएको
काभ्रेमा आज थपिए ४५ जना नयाँ संक्रमित, सबैभन्दा धेरै पनौती र बनेपामा

बैशाख १६, काभ्रे । काभ्रेमा आज (विहिबार) थप ४५ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै पनौती र बनेपा नगरपालिकाका रहेका छन्। आज थपिएका ४५ जना मध्ये पनौतीका १६ र बनेपा नगरपालिकामा पनि १६ जना रहेका छन्।

यसैगरी धुलिखेलमा ७ जना, मण्डनदेउपुरमा ३, पाँचखालमा २ र भुम्लु गाउँपालिकामा १ जना गरी जम्मा ४५ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २४२ पुगेको छ। जसमा १२२ जना महिला र १२० जना पुरुष रहेका छन्।

कोरोनका कारण काभ्रेमा पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्यु भएको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३६ सय ६५ पुगेको कार्यालयको जनाएको छ।

यसैगरी आज कोरोना संक्रमण मुक्त भइ ३ जना डिस्चार्ज बहेका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस