पनौतीमा आज बिहानसम्म थप ९ जना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार मा प्रकाशित १०४५ पटक पढिएको
पनौतीमा आज बिहानसम्म थप ९ जना संक्रमित थपिए

बैशाख १७, पनौती (काभ्रे)। पनौती नगरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महामारीको रुपमा तिब्र गतिमा फैलिरहेको कोरोनको असर पनौती नगरमा पनि उच्च देखिन्छ। आज (शुक्रबार)को बिहानसम्मको तथ्यांक अनुसार पनौती नगरपालिकाका विभिन्न वडामा गरी ९ जनामा कोरोना पुष्टि भएको हो।

पनौती नगरपालिका स्वस्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले दिनुभएको जानकारी अनुसार वडा नम्बर ३ मा ६ जना (३ महिला/३ पुरुष), वडा नम्बर ८ मा २ जना पुरुष र वडा नम्बर ९ मा १ पुरुष गरी जम्मा ९ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो (विहिबार १६ गते) १० जनाको स्वाब संकलन गरी परिक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो।

संक्रमितको संख्या उच्च भएपछि पनौतीको १० नम्बर वडा अनिश्चितकालका लागि शिल

२ दिनको अन्तरालमा जनप्रतिनिधिसहित २९ जनामा कोरोना संक्रमण र एक महिलाको निधन भएपछि पनौती नगरपालिकाको वडा नम्बर १० हिजो (विहिबार १६ गते)  नै  अनिश्चित कालका लागि शिल गरिसकिएको छ।

शिल गरिएको क्षेत्रम सबै वडा बासीलाई भेटघाटको काम नगर्न, उद्योग धन्दा तुरुन्त बन्द गर्न, विवाह वर्तमान सभा समारोह कुनैपनी कार्यक्रम नगर्न र सरिक नहुन, दूध डेरीमा जमघट नहुन, कतै पनी पाहुना बन्न नजान र पाहुना बोलाउन पनी पूर्ण निषेध गरिएको छ।

स्वस्थ्य मापदण्डको पूर्ण पालना गर्न र कोरोनासंग मिल्दोजुल्दो लक्षण कोहि कसैमा देखिएमा अनुसंदहन तथा खोजपडताल टिमको फोन नम्बर ९८५१२२३६६७, ९८४३७८०३०९, र ९८६१२८५९६० मा तुरुन्त सम्पर्क गर्न सम्पूर्ण वाडावासीलाइ अनुरोध गरिएको छ।

अत्यावश्यक पसल खोल्ने समय तालिका 

तरकारी, फलफुल, खाद्यान्न, औषधि पसल तथा सार्वजनिक यातायातले समय र नियमको पूर्ण पालना गर्न नगरपालिका तथा वडा कार्यलयले अनुरोध गरेको छ। व्यबसाय संचालन गर्दा व्यबसायी र उपभोक्ता दुबैले अनिवार्य माक्स र स्यनिटाईजारको प्रयोग गरी सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ।

शिल गरिएको क्षेत्र भित्र तरकारी, फलफुल, खाद्यान्न पसल तथा दुग्ध संकलन केन्द्र बिहान ७ बजेदेखी ९ बजेसम्म मात्र खुल्ला रहने छ। स्वस्थ्य मापदण्डको पालना गर्दै औषधि पसल भने सधै खुल्ला रहने छ।

यसैगरी शिल गरिएको क्षेत्रमा सार्वजनिक यातायातका साधन रोक्ने र यात्रु चढाउने कार्य गर्न पूर्ण निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस