बैशाख १६, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (शुक्रबार) थप ६९ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै पनौती र बनेपा नगरपालिकाका रहेका छन्। आज थपिएका ६९ जना मध्ये बनेपाका २७ जना र पनौती नगरपालिकामा पनि १७ जना रहेका छन्।
यसैगरी धुलिखेलमा १४ जना, नमोबुद्ध नगरपालिकामा ४, मण्डनदेउपुरमा २, पाँचखालमा १, बेथानचोक गाउँपालिकामा २, भुम्लु गाउँपालिकामा १, खानीखोला गाउँपालिकामा १ जना गरी जम्मा ६९ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ३११ पुगेको छ। जसमा १५१ जना महिला र १६० जना पुरुष रहेका छन्।
यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३७ सय ३४ पुगेको कार्यालयको जनाएको छ।
प्रतिक्रिया दिनुहोस