काभ्रेमा निषेधाज्ञा लागू गर्ने जिल्ला संकट ब्यवस्थापन केन्द्रको तयारी

नौलो समाचार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार मा प्रकाशित ८८१ पटक पढिएको
काभ्रेमा निषेधाज्ञा लागू गर्ने जिल्ला संकट ब्यवस्थापन केन्द्रको तयारी

बैशाख १७, काभ्रे। काभ्रे जिल्लामा निषेधाज्ञा (लकडाउन) जारी गर्ने तयारी गरिएको छ। संक्रमितको संख्या तिब्र रुपमा बढी रहेकोले छिट्टै निर्णय गरी आइतबारबाट निषेधाज्ञा जारी गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी एवं संकट ब्यवस्थापन केन्द्रका संयोजक शिवराम पोखरेलले जानकारी दिनुभयो।

काभ्रेमा शुक्रबारसम्म सक्ररिय संक्रमितको संख्या बढेर ३११ पुगेकाे छ। आज (शुक्रबार) मात्रै जिल्लमा ६९ जना संक्रमित थपिएर सक्रिय संक्रमितको संख्या ३ सय ११ पुगेको हो । बुधबार राति संक्रमणका कारण दुई जनाको निधन भएको थियो ।

संक्रमण धेरै तिब्र फैलिरहेको क्षेत्रहरुमा नागरिकहरुको भिडभाड रोक्न निषेधाज्ञा गर्ने तयारी  गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो। छलफल जारी रहेको र जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय पछि निषेधाज्ञा लागू हुने बताईएको छ।

स्थानीय प्रशासनले जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका अन्तरगत मुख्य बजारचोक र राजमार्गबाट ५ सय मिटर देखि १ किलोमिटरसम्म निषेधाज्ञा गर्ने तयारी गरेको छ ।

त्यस्तै रोशी गाउँपालिकाको विपी राजमार्ग अन्तर्गत मंगलटारको क्षेत्र भित्र निषेधाज्ञा हुनेछ । पनौती, बनेपा र धुलिखेलका केहि क्षेत्र संक्रमणको मुख्य केन्द्र बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस