धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख १८, शनिबार मा प्रकाशित ११९३ पटक पढिएको
धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

बैशाख १८, काभ्रे। धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक सिन्धुपाल्चोकका हुन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीया एक पुरुषको उपचारको क्रममा  निधन भएको धुलिखेल अस्पतालले जनाएको छ ।

उनलाई हिजो (शुक्रबार) सिन्धुपाल्चोक जिल्ला अस्पतालबाट धुलिखेल रिभर गरिएको थियो । हिजो बेलुका कोभिड पोजेटिभ देखिएका उनको आज बिहान मृत्यु भएको हो ।

चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो । आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस