कोरोनाका कारण काभ्रेमा आज थप एक जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख १९, आईतबार मा प्रकाशित २०६८ पटक पढिएको
कोरोनाका कारण काभ्रेमा आज थप एक जनाको मृत्यु

बैशाख १९, काभ्रे। काभ्रेमा कोरोना संक्रमणका कारण आज (आइतबार) थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण बनेपा नगरपालिकाका ६१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज बिहान मृत्यु भएको हो। योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

निमोनिया, तथा स्वास-प्रस्वासमा भएपछि अस्पताल भर्ना गरिएको उनलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीलाइ प्रेसर, थाईराईड तथा दमको समस्या रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस