नेपालमा एकै दिन हालसम्मकै बढी संक्रमित थपिए, देशभर २७ जना संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख १९, आईतबार मा प्रकाशित ८३२ पटक पढिएको
नेपालमा एकै दिन हालसम्मकै बढी संक्रमित थपिए, देशभर २७ जना संक्रमितको मृत्यु

बैशाख १९, काठमाडौँ। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्। १६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। हाल ६७ जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

कुल संक्रमितमध्ये ३ हजार ५ सय ९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

देशभर २७ जना कोरोना संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस