काभ्रेमा खाद्यान्न र अत्यावश्यक वस्तु खरिद गर्न समय तोकियो

नौलो समाचार संवाददाता
२०७८ बैशाख २१, मंगलबार मा प्रकाशित ७३१ पटक पढिएको
काभ्रेमा खाद्यान्न र अत्यावश्यक वस्तु खरिद गर्न समय तोकियो

बैशाख २१, काभ्रे। जिल्ला प्रशासन कार्यलय काभ्रेले निषेधाज्ञाको समयमा खाद्यान्न र अतिआवश्यक वस्तुको खरिद बिक्रि गर्न समय तालिका तोकेको छ।

आज (मंगलबार) बाट निषेधाज्ञा अवधि भर खाद्यान्न र अतिआवश्यक वस्तुको खरिद बिक्रि गर्न पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ः३० सम्म खोल्न सकिने बताईएको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सुचना जारि गर्दै अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सामान खरिद बिक्रीका समयमा सामाजिक दुरी कायम गर्दै मास्क लागेर पसलमा खाद्यान्न तथा तरकारी खरिद गर्न जानुपर्ने र पसलमा पनि स्यानीटाईजर राखेर मास्क लगाउने नियमको अनिवार्य पालना गर्न अनुरोध गर्नुभएको छ।

कोरोना भाईरसको संक्रमण काभ्रे जिल्लामा पनि तिव्र गतिमा फैलिएपछि प्रशासनले  सोमबारबाट बैशाख २६ गते एक साता सम्म निषेधाज्ञा जारी गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस