काभ्रेमा आज थपिए ८२ जना संक्रमित, ६ जनाको मृत्यु

९ जना निको भई डिस्चार्ज
नौलो समाचार संवाददाता
२०७८ बैशाख २१, मंगलबार मा प्रकाशित ७१० पटक पढिएको
काभ्रेमा आज थपिए ८२ जना संक्रमित, ६ जनाको मृत्यु

बैशाख २१, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (मंगलबार) थप ८२ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन्। आज थपिएका ८२ जना मध्ये बनेपाका मात्र ४३ जना रहेका छन्।

यसैगरी धुलिखेल नगरपालिकामा २० जना, पनौतीमा ९, नमोबुद्धमा ४, पाँचखालमा १, मण्डनदेउपुरमा १, चौरिदेउराली गाउँपालिकामा २, भुम्लु गाउँपालिकामा १, रोशी नगरपालिकामा १ जना गरी जम्मा ८२ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ६२६ पुगेको छ। जसमा २८५ जना महिला र ३४१ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ४ हजार ६८ पुगेको कार्यालयको जनाएको छ।

कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

काभ्रेमा आज (मंगलबार) ६ जना संक्रमितको मृत्यु भएको छ। यो काभ्रेमा हालसम्मकै उच्च मृत्यु दर हो।

निकै घातक मानिएको दोश्रो भेरियन्टले काभ्रेमा १२ घण्टाको विचमा ६ जनाको मृत्यु भएको हो। कोरोनाको कारण बनेपाको शिर मेमोरियल अस्पतालमा ३ जना तथा धुलिखेल असपतालमा ३ जनाको मृत्यु भएको हो।

शिर मेमोरियलमा मृत्यु हुनेमा बनेपाका २ जना तथा पनौती र मण्डनदेउपुरका १र१ जना ररहेका छन्। यस्तै धुलिखेल अस्पतालमा थप २ जनाको मृत्यु भएको हो, उनीहरु दुबैजना भक्तपुरका रहेका जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्र झाले जानकारी दिनुभयो।

आज निधन हुनेहरुमा काभ्रेको पनौती घर भएकी ८० बर्षिय महिला, मण्डनदेउपुर १ बालुवापटी घर भएका ७८ बर्षिय पुरुष, बनेपा घर भएका युवा ब्यवसायी, बनेपा १ नाला टुकुचाकी ६२ बर्षिया महिला रहेका छन्। यस्तै भक्तपुर घर भएकी ६२ बर्षिय महिला, भक्तपुर ९ घर भएका ६७ बर्षिय पुरुषको पनि निधन भएको छ।

९ जना डिस्चार्ज

यसै गरी आज ९ जना उपचार पछी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस: –


प्रतिक्रिया दिनुहोस