काभ्रेमा कोरोना संक्रमितको संख्या उच्च, एकै दिन थपिए १५८ जना संक्रमित, ४ जनाको मृत्यु

आजै १६ जना डिस्चार्ज
नौलो समाचार संवाददाता
२०७८ बैशाख २२, बुधबार मा प्रकाशित १४७७ पटक पढिएको
काभ्रेमा कोरोना संक्रमितको संख्या उच्च, एकै दिन थपिए १५८ जना संक्रमित, ४ जनाको मृत्यु

बैशाख २२, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (वुधबार) थप १५८ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको उच्च बिन्दुमा रहेको बनेपामा सबै भन्दा धेरै संक्रमित रहेका छन्। आज थपिएका १५८ जना मध्ये बनेपाका मात्र ८५ जना रहेका छन्।

यसैगरी धुलिखेल नगरपालिकामा १९ जना, पनौतीमा १५, पाँचखालमा १३,  मण्डनदेउपुरमा ५, नमोबुद्धमा ४, रोशी गाउँपालिकामा ७, बेथानाचोकमा गाउँपालिकामा ४, चौरिदेउराली गाउँपालिकामा ३, तेमाल गाउँपालिकामा २, भुम्लुमा १ जना गरी जम्मा १५८ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ७६८ पुगेको छ। जसमा ३५० जना महिला र ४१८ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ४ हजार २२७ पुगेको कार्यालयको जनाएको छ।

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

काभ्रेमा आज ४ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बनेपाका ४२ वर्षीय पुरुष रहेका छन् भने धुलिखेलका वडा नम्बर ७ का ७१ वर्षीय महिला रहेकी छिन्। यस्तै भक्तपुर थिमीका २६ वर्षीय महिला, तथा धनगडीका ६९ वर्षीय पुरुष रहेका छन्। उनीहरु सबैको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

१६ जना डिस्चार्ज

यसै गरी आज १६ जना उपचार पछी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस