काभ्रेमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकै दिन थपिए १६५ संक्रमित

२२ जना डिस्चार्ज
नौलो समाचार संवाददाता
२०७८ बैशाख २३, बिहिबार मा प्रकाशित ९९६ पटक पढिएको
काभ्रेमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकै दिन थपिए १६५ संक्रमित

बैशाख २२, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (विहिबार) थप १६५ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको उच्च बिन्दुमा रहेको बनेपामा सबै भन्दा धेरै संक्रमित रहेका छन्। आज थपिएका १६५ जना मध्ये बनेपाका मात्र ६४ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको दोश्रो हटस्पट पनौतीमा आज ४३ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी धुलिखेल नगरपालिकामा ३२ जना, पाँचखालमा ७, मण्डनदेउपुरमा ६, नमोबुद्धमा ५, रोशी गाउँपालिकामा ६,  चौरिदेउराली गाउँपालिकामा २ जना गरी जम्मा १६५ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ९१० पुगेको छ। जसमा ४१४ जना महिला र ४९६ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ४ हजार ३९२ पुगेको कार्यालयको जनाएको छ।

२२ जना डिस्चार्ज

यसै गरी आज १६ जना उपचार पछी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस