काभ्रेमा निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ती र सवारीलाइ कारवाही

नौलो समाचार संवाददाता
२०७८ बैशाख २३, बिहिबार मा प्रकाशित ७८० पटक पढिएको
काभ्रेमा निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ती र सवारीलाइ कारवाही

बैशाख २३, काभ्रे। काभ्रे जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढ्दै गएपछि प्रहरीले चेकजाँचमा कडाई गरेको छ। जिल्लामा कोरोना संक्रमणको जोखिम न्यनूनिकरणका लागि निषेधाज्ञा जारी गरिए पनि उल्लंघन गर्ने प्रबृत्ति बढ्दै गएपछि चेक जाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेका बनेपा, पनौती, धुलिखेलका विभिन्न चेक पोस्टमा निषेधाज्ञा उलङ्घन गर्ने व्यक्ती तथा सवारी नियन्त्रण्मा लिई छाडिएको छ।

निषेधाज्ञाका समयमा अनावश्यक रुपमा हिडडुल गर्ने महिला १ सय ४३, पुरुष ४ सय २३ जना गरी जम्मा ५ सय ६६ जनालाई होल्ड गरी सम्झाई बुझाई छाडिएको थियो। अटेर गर्न केहीलाई बनेपाको चारदोबाटोमा होल्डीङ पोस्टमा राखेर उठबस गराई केहि घण्टा उभ्याएर छोडिएको थियो।

यसैगरी मास्क नलगाई पैदल हिड्ने ३२ जनालाई प्रतिव्यक्ति १०० रुपैया जरिवाना गरी सम्झाई बुझाई पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

यस्तै अत्यावश्यक काम बाहेक बजारमा निस्किएका २६५ सवारी साधनलाई नियन्त्रणमा लिई होल्ड गरेर सम्झाई बुझाइ छोडिएको थियो। जसमध्ये ७५ वटा मोटरसाइकल र २२ वटा स्कुटररहेका थिए। यस्तै ४१ वटा कार, बस ३६ वटा, हाईसगाडी ८ वटा र टिपर/ट्रक ८४ नियन्त्रणमा लिईएको थियो।

पनौती प्रहरी चौकीले पनि निरन्तर नचेतनाका कार्यक्रमका साथै चेक जाच तथा कारवाहिका कार्य गररिहेको छ ।


प्रतिक्रिया दिनुहोस