काभ्रेमा आज थपिए ७० जना संक्रमित, १६ जनाले जिते कोरोना

२ जनाको मृत्यु 
नौलो समाचार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार मा प्रकाशित ११०५ पटक पढिएको
काभ्रेमा आज थपिए ७० जना संक्रमित, १६ जनाले जिते कोरोना

बैशाख २४, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (शुक्रबार) थप ७० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको उच्च बिन्दुमा रहेको पनौतीमा सबै भन्दा धेरै संक्रमित रहेका छन्। आज थपिएका ७० जना मध्ये पनौतीका मात्र २९ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट बनेपामा आज १६ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी धुलिखेल नगरपालिकामा ११ जना, मण्डनदेउपुरमा ५, पाँचखालमा ३, बेथानाचोक गाउँपालिकामा २, तेमाल गाउँपालिकामा २, रोशी गाउँपालिकामा १,  भुम्लु गाउँपालिकामा १ जना गरी जम्मा ७० जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ९६४ पुगेको छ। जसमा ४४५ जना महिला र ५९१ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ४ हजार ४६३ पुगेको कार्यालयको जनाएको छ।

२ जनाको मृत्यु 

कोरोना संक्रमणका कारण काभ्रेमा आज २ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुलिखेल नगरपालिका ६१ वर्षीय पुरुष धुलिखेल अस्पतालमा र बनेपा नगरपालिकाका ४० वर्षीय पुरुषको शिर मेमोरियल अस्पतालमा निधन भएको हो।

१६ जना डिस्चार्ज

यसै गरी आज १६ जना उपचार पछी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस