पनौतीमा आज १६ जनामा संक्रमण पुष्टि, यस्तो छ पनौतीको हालसम्मको कोरोना विवरण

नौलो समाचार संवाददाता
२०७८ बैशाख २५, शनिबार मा प्रकाशित १०३६ पटक पढिएको

पनौतीमा आज १६ जनामा संक्रमण पुष्टि, यस्तो छ पनौतीको हालसम्मको कोरोना विवरण

बैशाख २५, काभ्रे। जिल्लाको पनौती नगरपालिका कोरोना संक्रमण दर उच्च हुने स्थानीय तह मध्येको एक हो। आज (शनिबार) पनौतीमा १६ जनामा संक्रमण पुष्टि भएको छ। बिहिबार २३ जनाको स्वाब संकलन गरी परिक्षणको लागी पठाईएको र पिसिआर रिपोर्टमा ९ जना पुरुष र ७ महिला गरी १६ जनामा कोरोना संक्रमण देखिएको हो।

कोरोनाको दोश्रो लहर सुरु भए पछिको हालसम्म पनौती नगरपालिकामा मात्र  आज थपिए संगै २१५ जनामा संक्रमण भैसकेको छ। पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार वडा नम्बर १०, ३ र ८ बढी संक्रमित भएको वडा हो। समग्र पनौती नगरमा हालसम्म संक्रमित मध्ये १०८ जना महिला रहेका छन् भने १०७ जना पुरुष रहेका छन्।

कोरोनाका कारण पनौतीमा हालसम्म ३ जनाको मृत्यु भैसकेको छ। मृतक तीनै जना महिला रहेका छन्।

यस्तै पनौतीमा कोरोना जितेर ५ जना डिस्चार्ज भएका छन्। हाल २०७ जनाको उपचार भैरहेको छ।

पनौती नगरपालिका स्वास्थ्य शाखाको तथ्यांक






प्रतिक्रिया दिनुहोस